संस्थामा सदस्यता प्राप्त भएको १५ बर्ष पुरा र सदस्यको उमेर ६० बर्ष पुरा भएका सदस्यहरुको नियमित बचत खातामा भएको रकमलाई जेष्ठ सहारा बचत योजनामा रुपान्तरण गरी उक्त बचत रकममा ऋणमा लिने ब्याज सरह मासिक ब्याज भुक्तानी गरी सदस्यको चाहाना बमोजिम ब्याज रकम घरदैलोमा पुर्याई भुक्तानी गरिने ब्यबस्था यस योजनामा रहेको छ